प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित छ, अर्को प्रचण्डसँग’, के हो गोप्य सहमति ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन् ।तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन् । ‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’, अन्नपूर्ण पोस्ट्सँग बिहीबार विशेष कुराकानी गर्दै ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्‍या छैन । तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए।’ सम्झौताको एक/एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए । ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने ।

सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए । प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए । पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए । प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे । ‘कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए’, ओलीले भने, ‘बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे ।’ आफूले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ केही मान्छेका लागि असह्य भएको उनले बताए । ‘डार्बिन र आइन्स्टाइन पनि नेपाली भएका भए उनीहरूको सिद्धान्त नेपालीले मान्दैनथे’, ओलीले भने । सरकारको ६ महिनाको गतिले देश दुई वर्षपछि धकेलिएको ओलीले दाबी गरे ।

प्रचण्डसँग केही पाउने आशले मात्र केही नेताहरू उनीसँग रहेको ओलीको तर्क थियो । ‘प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्’, ओलीले भने। प्रचण्ड र नेपालले ‘चोइटा’ लिएर गए पनि एमालेलाई कुनै असर नगर्ने ओलीको दाबी थियो । माधव नेपालले एमाले पूरै ध्वस्त पार्न खोजे पनि नसकेको उनले आरोप लगाए । ‘प्रचण्डले देश आफूले चलाइराख्या छु’ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उनको हातमा कसरी शक्ति गयो ?’। ‘यो सबैको निर्माता को हो ?ओलीले प्रतिप्रश्न गरे, ‘यिनीहरूको परमप्रभु/निर्माता (जो अदृश्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।