नेकपा एमाले धनकुटाको जिल्ला अधिवेशन जारी
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) धनकुटाको जिल्ला अधिवेशन जारी छ । हिजोबाट शूरु भएको जिल्ला अधिवेशनमा अहिले बन्दसत्र चलिरहेकाे नेताहरुले वताएका छन् ।
विहानबाट शूरु भएको बन्द सत्रमा सहमतिमा जिल्ला कमिटी चयन गर्ने प्रयास भईरहेको छ । जिल्ला अध्यक्षको आकांक्षिमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई छन् ।
यसअघि सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला पनि अध्यक्षको आकांक्षि रहेकोमा उहाँहरुले छाडेपछि राई र पराजुली अध्यक्षको आकांक्षि रहेका हुन् । जिल्ला अधिवेशनले पाँच पदाधिकारी र ८५ जना सदस्य निर्वाचित गर्ने छ ।


