एमाले धनकुटाको अधिवेशन भव्य सभ्य र ऐतिहासिक रुपमा सम्पन्न भयो

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको अधिवेशन सभ्य रुपमा सम्पन्न भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला अधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको जनाएको हो ।

एमाले नव निर्वाचित जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा केही मिडियाले अधिवेशनमा हात हालाहाल, कुर्सी हानाहान भएको भन्ने समाचार प्रकाशन गरेको भन्दै समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै गठवन्धन सरकारले धनकुटा जिल्लाका लागि छुट्याईएको करिब ५ अर्ब बजेट कटौती गरेको, मित्रराष्ट्र प्रति कुनै कुरा उठाए कडा कारवाही गरिने आशयको गृहमन्त्रालयको अभिव्यक्ती दिएको,सरकारी कार्यलयबाट दिईने सेवामा ढिला सुस्ती भएको, महाकाली नदी तर्ने क्रममा भारतीय सेनाबाट तुईन काटिंदा जयसिंह धामीको मृ’त्यू भएको घटनाका दोषीलाई कारवाही प्रक्रिया अघि नबढाएको,आमाको नामबाट नागरिक्ता ऐन पारित नगरिएको लगायत विषयमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

जयसिंह धामी मृत्यू घटनाका दोषीलाई कारवाही गर्न,सरकारी सेवा छिटो छरितो दिन,आमाको नामबाट नागरिक्ता दिन जोडदार माग समेत गरिएको छ । साथै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न विभिन्न क्षेत्रबाट भूमीका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।