लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

प्रकाश पाक्साँवा /तेह्रथुम, १ माघ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।

आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत गर्छ ।यो दिनलाई लिम्बु समुदायले माछामासु भन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।

पीएम कप: खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित
काठमाडौं, १ माघ /खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।