सरकारले स्थानीय तहको निर्वाचन धकेल्नेगरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी

काठमाडौं, माघ १५। सरकारले स्थानीय तहको निर्वाचन धकेल्नेगरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी अघि बढाएको छ ।संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको स्थानीय तह निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै कानुनविद्हरूबाट केही दिनअघि राय लिएको सरकारले स्थानीय तहको निर्वाचनलाई केही समय धकेल्नेगरी निर्वाचन ऐन संशोधन गर्न लागेको हो ।स्रोतका अनुसार निर्वाचन ऐन संशोधन गर्न गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमार्फत संशोधनको आवश्यक प्रस्ताव तयार गर्ने काम भइरहेको छ ।‘स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमार्फत संशोधनको आवश्यक प्रस्ताव तयार गर्ने काम भइरहेको छ, गृह मन्त्रालयमार्फत नै कानुन संशोधनको प्रस्ताव अघि बढ्छ, गृहको कानुन शाखामार्फत त्यसको समन्वय भइरहेको छ,’ स्रोतले भन्यो ।

गृह मन्त्रालयले प्रस्तावलाई अन्तिम रूप दिएपछि कानुन मन्त्रालयको राय लिएर त्यसलाई मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको हो । मन्त्रिपरिषद्बाट ऐन संशोधन प्रस्ताव स्वीकृत भएपछि त्यसलाई विधेयकको रूप दिन संसद्मा लैजानुपर्छ ।ऐन संशोधनको तयारी भइरहँदा दलीय छलफल पनि व्यापक बन्दै गइरहेको छ । सकेसम्म दलहरू बीचको सहमतिबाट नै ऐन संशोधनमा सहमति खोज्न पनि प्रयास भइरहेको हो ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ मा उल्लेखित स्थानीय तहसम्बन्धी व्यवस्था बाझिएको सरकार आबद्ध दलहरूको निष्कर्ष रहँदै आइरहेको छ । उनीहरू संविधानको धारा १ बमोजिम संविधानसँग बाझिएका कानुन अमान्य हुने बताउँदै आइरहेका छन् ।ऐन संशोधन गरिए स्थानीय तहको निर्वाचन संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्रमा गर्न सकिन्छ । यस्तै ऐन संशोधन गर्दा स्थानीय तहको निर्वाचन नभएसम्मका लागि जनप्रतिनिधिलाई कामचलाउ हैसियतमा काम गर्न दिनेगरी व्यवस्था गर्न लागिएको छ ।

‘कानुनका कुनकुन बुँदा संशोधन गर्ने भन्ने अध्ययन गर्ने र त्यसका लागि आवश्यक मस्यौदा तयार गर्ने काम भइरहेको छ, स्थानीय तहको कार्यकाल सकिएपछि जनप्रतिनिधिलाई कामचलाउ हैसियतमा काम गर्न दिने व्यवस्था पनि संशोधनमा आउँछ,’ स्रोतले राजधानीसँग भन्यो ।सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय मोर्चा स्थानीय तहको निर्वाचनअघि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी अघि बढेपछि यो तयारी भइरहेको हो । तर, प्रमुख सत्तारूढ दलभित्रै स्थानीय तहको निर्वाचन वैशाखभित्रैमा हुनुपर्ने आवाज उठिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको दल नेकपा एमालेले पनि कुनै हालतमा स्थानीय तहको निर्वाचन धकेल्ने बाहनाबाजी नगर्न सरकारलाई सचेत गराउँदै आइरहेको छ । राजधानी दैनिकबा

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।