प्रधानमन्त्रीले बोलाएको बेला नयाँ मिति सार्वजनिक गरिने

काठमाडौं, माघ १७ । जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत भएसँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचनकोे मिति सिफारिस गर्न गृहकार्य अघि बढाएको छ ।निर्वाचनको मिति तोक्न चौतर्फी दबाब परेपछि सत्ता गठबन्धनले आयोगसँग परामर्श गरेर जेठ महिनामै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको थियो ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने भनेकाले निर्वाचनको मिति सिफारिसका लागि तयारी गरिरहेको जानकारी दिँदै भने– ‘एकै चरणमा निर्वाचन गर्ने हो भने यो मिति वा कारणवश दुई चरणमा निर्वाचन गर्ने हो भने यो यो मितिमा गर्ने भनेर प्रस्तावित गर्नेछौं ।’

निर्वाचनको तयारीका लागि लाग्ने समय, दुई चरणमा गर्दा पहिलो चरण र दोस्रो चरणबीचको तयारीको समय, कुनै समुदाय वा धर्मावलम्बीको पर्व वा विशेष दिन परेको छ कि छैनलगायत सबै पक्ष विचार गरेर निर्वाचनको मिति सिफारिस गरिने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ कार्य सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १ सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।आयोगले यसअघि २०७९ साल वैशाख १४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो । दुई चरणमा गर्ने भएमा पहिलो चरण सो मितिमा र दोस्रो चरण वैशाखको २२ गते बिहीबार गर्न उपर्युक्त हुने सुझाव सरकारलाई दिएको थियो ।आयुक्त थपलियाका अनुसार अब जेठमा निर्वाचन गर्ने भएपछि अर्को मिति सिफारिस गर्न आयुक्तहरूमाझ छलफल गरेर प्रधानमन्त्रीले बोलाएको बेला नयाँ मिति सार्वजनिक गरिने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवन, १७ माघ। यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।
दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु.सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।

उहाँका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।