ठाकुर र राजेन्द्र महतोपक्षबीच विवाद ,लोसपा फुटाएर तमलोपा जन्माउन गृहकार्य

काठमाडौं, माघ १८ । ६ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीभित्र ६ महिना पनि नबित्दै विवाद सुरु भएको छ। पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतोपक्षबीच विवाद बढ्दै गएको छ।तर लोसपाका केही शीर्ष नेताहरू भने ठाकुर र महतोबीचको विवादमा नपरी पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय र संगठित बनाउने अभियान सुरु गरेका छन्।यस अभियानमा पूर्व राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष तथा राष्ट्रियसभाका पूर्वसदस्य बिर्खेशचन्द्र लाल, पुरानो राजपाका उपाध्यक्ष डा विजय सिंहलगायत नेताहरूले अगुवाइ गरिरहेका छन्। उनीहरूले तमलोपाको राजनीतिक अवधारणापत्र, घोषणापत्र र विधानसमेत तयार गरेका छन्।

निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता गर्न नसकोस भनी बिर्खेशचन्द्र लालले आफूनिकट एक व्यक्ति रविशंकरलाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका छन्। लालले अब आफैं अगाडि आएर यस अभियानको अगुवाइ गर्ने तयारी गरेका छन्। एक दुई दिनभित्रै उनले यस अभियानको औपचारिक घोषणा गर्दैछन्।लालले भने, ‘मधेसी जनता जसपा र लोसपाबाट खुसी छैनन्। यी दुई पार्टी सत्ता र सरकारकोलागि मात्र केन्द्रित भए। मधेसका मुद्दालाई पूरै बिर्से।’ मधेसका जनताले मधेसका मुद्दालाई आधार मानेर नयाँ संगठन निर्माण होस भन्ने चाहेको उनले बताए। उनले भने, ‘अब केही साथीहरूले तमलोपालाई अगाडि बढाउने विषयमा छलफल गरिरहेका छन्। यो अभियान जाजय र उपयुक्त छ।’ केही दिनभित्रै आफूले नयाँ घोषणा गर्ने पनि उनले बताए।

लालको यस अभिव्यक्तिबाट पनि उनी यस अभियानमा सक्रियताको साथ लागेको पुष्टि हुन्छ। २०६४सालको मधेस आन्दोलनपछि तमलोपा गठन भएको थियो। तमलोपका तत्कालिन अध्यक्ष महन्थ ठाकुर अहिले लोसपाका अध्यक्ष छन्। पुरानो तमलोपालाई सक्रिय बनाउने अभिायनमा लागेका लाललगायत नेताहरू त्यसबेला तमलोपामै थिए।तमलोपालाई सक्रिय बनाउने अभिायनमा लागेका लोसपाका अर्का एक नेताले भने, ‘हामी अहिले ठाकुर र महतो दुवैको व्यवहारबाट दिक्क भइसक्यौं। पुरानो शैली, पुरानो चलन, र फेरि अध्यक्ष मण्डल बनाउन खोजिएको छ।’ उनले आफ्नो नाम खुलाउन भने चाहेनन्।

यता लोसपाभित्रको विवाद चर्किँदै गएको छ। निर्वाचन आयोगमा बुझाइएको कार्यकारिणी समिति बाहेक लोसपाले अहिलेसम्म अर्को समिति बनाएको छैन। अझै रमाइलो कुरा के छ, भने, पार्टी गठन भएदेखि अहिलेसम्म एकपटक पनि कार्यकारिणी समितिको बैठक बसेको छैन। कन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा भातृ संगठनहरू गठन भएका छैनन्।लोसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्नसमेत नसकेको आजको नागरिक दैनिकमा खवर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।