आज साेनाम ल्हाेसार, देशभर सार्वजनिक बिदा

काठमाडौं, १९ माघ /सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो ।

याे पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ,शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।

२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ ।

नेपालका विभिन्न समुदायले फरक-फरक क्यालेण्डर मान्दै अ‌ाएका छन् । सोनाम तथा ग्याल्बो ल्होसार, तमु ल्होसार लगायत ल्होसार पनि विभिन्न तिथिमा मनाउने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।