मलेसिया गएका धनकुटाका राई ९ बर्ष देखि वेपत्ता, खोजि गरिदिन आमाको हारगुहार
धनकुटा । वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका वडा नं. २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिले सम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका छन् ।
परिवारसँग सम्पर्क नभएपछि उनका आमा सुचिम्मा राई र १० बर्षीय नातिनी युनिषा राईलाई साथमा लिएर छोराको खोजिमा पहल गरिदिन भन्दै मंगलवार सदरमुकाम स्थित पत्रकार महासंघको कार्यलय आइपुगेकी छिन् ।

हर्कबहादुरकी आमा सुचिम्मा अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कवहादुरका दुई छोरा र एक छोरी छन् ।
उनीहरुको भरणपोषण उनका बाजे गंगावहादुर राई र वजै सुचिम्मा राईले गर्दै आइरहेका छन् । युनिषा ३ वर्षको हुँदा उनकी आमा निशा राईले आ’त्मह’त्या गरेकी थिइन् ।


