एक हप्ता पनि टिकेन नेकपा एसको संगठन

धनकुटा । नेकपा (एकिकृत समाजबादी) धनकुटाका एक वडा अध्यक्षले आफू चयन भएको ५ दिनमा नै उक्त पाटी परित्या’ग गरेका छन् । समाजवादी धनकुटाले धनकुटा नगरपालिका वडा नं.६ का बुद्ध लिम्बूको अध्यक्षमा माघ २७ गते २१ सदस्यीय वडाकमिटी गठन गरेको थियो ।

तर उक्त कमिटी गठन भएको एक हप्ता पनि नबित्दै नवगठित समितिका अध्यक्ष लिम्बूले आफू नेकपा एमालेमा नै फर्किएको भनेर बिज्ञप्ति निकालेका छन् । लिम्बूद्वारा फागुन ३ गते हस्ताक्षरीत बिज्ञप्तीमा आफू एमाले भनेर झुक्किएर उक्त पाटीमा भुलबश संगठित हुन पगेकोले पुन एमालेमा नैं फर्किएको जानकारी गराएका छन् ।

लिम्बूले धनकुटा खबर संगको कुराकानीमा पनि उक्त बिज्ञप्ति आफैंले हस्ताक्षर गरेको जानकारी दिंदै आफू नेकपा एमालेमा नै आवद्ध रहेको जानकारी दिनुभयो । यस बिषयमा उता एकिकृत समाजवादीका धनकुटा जिल्ला अध्यक्ष अर्जुन राईले भने वडा अध्यक्ष लिम्बू एमालेमा नफर्किएको जानकारी दिनुभयो ।

‘एमालेका केहि अराजक कार्यकर्ताहरुले जबरजस्ती उक्त गलत प्रचार गरेका हुन्’–राईले भन्नु भयो,‘लिम्बू संग पटक–पटक बैठक बसेर कमिटी गठन गरिएको हो, उनी एमालेमा गएको कुरा गलत हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।