धनकुटामा आफ्नै सवारीबाट ट्रायल दिन सुरु
धनकुटा खबर । धनकुटामा आजबाट ट्रायल लागि मापदण्ड पुगेको आफ्नै सवारी साधन बाट ट्रायल दिन सुरु गरिएको छ ।
लाइसेन्सको ट्रायल परिक्षामा परिक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने निर्णय भए संगै आफ्नै सवारी साधन बाट ट्रायल लिन थालिएको यातायात व्यावस्था सेवा कार्यलय धनकुटाका प्रमुख बाबुराम लूईटेलले जानकारी दिनु भयो ।

यद्यपी सवारी साधन आफ्नो नभएकाहरुले वा ट्रायल सेन्टर कै सवारी साधन प्रयोग गर्नेहरुले भने ट्रायल सेन्टरकै सवारी समेत चलाउन सक्ने प्रमुख लुईटेलले बताउनु भयो । स्थापनाको करिब ३० महिना पछि यातायत व्यावस्था सेवा कार्यलय धनकुटा सवारी चालक अनुमती पत्र लाईसेन्सका लाई प्रयोगात्मक परिक्षा सुरु गरे संगै अहिले हप्तामा ३ सय ५० जनाले ट्रायल दिने गरेको जनाइएको छ ।
लाइसेन्सको ट्रायल परिक्षा दिन धनकुटा सहित पूर्वी पहाडी जिल्लाहरु त्यस्तै प्रदेश न १ का अन्य जिल्ला र मधेश प्रदेशका परिक्षार्थीहरु समेत ट्रायल परिक्षकाका लागि धनकुटा आउने गरेको कार्यलयले जनाएको छ ।



