धनकुटा कांग्रेस नेतृत्वले सबै कार्यकर्तालाई समान व्यवहार गर्छ, कोही निरास नहुनुहोस् – सभापती राई
धनकुटा । नेपाली कांग्रेसका धनकुटाका सभापती दिनेश राईले पाटीको १४ औं महाधिबेसन अन्र्तगत विभिन्न समुह भएर प्रतिष्पर्धा गरे पनि निर्वाचन सकिए संगै कुनै समुह नरहेर धनकुटा कांग्रेस एक ढिका भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितीको आज बसेको पूर्ण बैठक लाई सम्बोधन गर्दै सभापती राईले पाटीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र पाटीको काम गर्ने नयाँ साथीहरु लाई जिम्वेवारी दिनका लागि हुने यस्ता प्रतिष्पर्धामा कसैको जित र कसैको हार नहुने बताउनु भयो ।
साथै उहाँले निर्वाचनमा सफल हुन नसकोका साथीहरु संग समेत आफू सम्पर्क र भेटघाट रहेको भन्दै सबैको चाहना कांग्रेस लाई बलियो बनाउने नै रहेकोले कार्यकर्तामा कांग्रेस दुई समुहमा गयो भन्ने भ्रम समेत घट्दै गएको आफूले पाएको बताउँनु भयो ।
अब सबै नेता कार्यकर्ता स्थानिय तहको निर्वाचनमा केन्द्रित हुनु पर्ने समेत उहाँले भनाई थियो । साथै कांग्रेस नेतृत्वले सबै कार्यकर्ता लाई समान व्यावहार गर्ने सबै लाई जिम्वेवारी दिने भएकोले हिजो को कस्को पक्षमा थियो भन्ने कुरा समेत नहुन भएकोले कोहि नेता कार्यकर्ता निरास नभई पाटी लाई बलियो बनाउ तर्फ लाग्न समेत आग्रह गर्नु भयो ।


