कोरोना पछि साप्ताहित र पाक्षिक हाट बजारमा चहल पहल बढ्दै
धनकुटा । धनकुटाका ग्रामिण र साना बजारहरुमा लाग्ने साप्ताहित र पाक्षिक हाट बजारमा सर्बसाधारण तथा व्यापारीहरुको चहल पहल बढ्न थालेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसरको नयाँ भेरियन्ट जोखिम कम हुदै गए पछि यस्ता बजारमा चहल पहल सुरु भएको हो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न भन्दैस्थानिय प्रशासनले लगाएको निशेधाज्ञाको कारण बन्द रहेका बजार खुले संगै सानो लगानीमा व्यावसय संचालन गर्नेहरु लाई राहत भएका छ ।



