धनकुटा १ हिलेमा ३ सय ८७ जना कांग्रेसमा प्रवेश

धनकुटा । नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले प्रजातन्त्र तथा लोकतन्त्रले मुलुकलाई समृद्धी बनाउने वताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज धनकुटा १ हिलेमा आयोजित सम्मान तथा वधाई कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो ।

उहाँले आगामी स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिका १ नं वडा मा नेपाली कांग्रेसले जित्ने समेत दावी गर्नु भयो । राष्टिय प्रजातन्त्र दिवसको अवसर पारी आयोजितयो कार्यक्रम सँगै हिलेमा निर्वाचन अभियान शुरु गरिएको नेपाली कांग्रेस १ नं वडा समितिले जनाएको छ ।

पार्टीका १ नं वडा सभापति वीर वहादुर तितुङ्ग को अध्यक्षमा सञ्चालित कार्यक्रममा बोल्ने बक्ताहरुले हिलेबाटै काग्रेसको विजय यात्र शूरु भएको उद्घोष गरेका छन् । उनिहरुले कांग्रेसको जितका लागि अहिले देखी नै निर्वाचनको व्यापक तयारीमा जुटेको बताएका छन् ।

कार्यक्रममा वडा कार्य समितिले टोल, भातृ तथा सुभेच्छुक संस्थाहरु समेत गठन गरी व्यापक परिचालन गरेको र अहिले सम्म यो वडामा विभिन्न पार्टी परित्याग गरी ३ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी गराईएको छ । त्यसैले पनि यस वडामा कांग्रेसको पक्षमा जनलहर बढेको वक्ताहरुले बताएका छन् ।

कार्यक्रमकै अवसरमा १४ औ महाधिवेशनबाट निर्वाचित जिल्ला, नगर र वडा कार्य समितिमाका पदाधिकारी, सदस्य र जेष्ठ कांग्रेस अभिभावकहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । भने रिक्त वडा उपसभापती पदमा हरीलाल तामाङ्गलाई मनोनय गरिएको छ । कांग्रेस वडाध्यक्ष तामाङ्गले नेकपा एमालले विगत निर्वाचनमा १ नं वडा का जनता समक्ष गरेका बाचा र प्रतिवद्धताहरु पूरा नगरेको र जनतालाई बारम्वार ढाट्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य पार्टीका १ नं वडका क्षेत्रिय प्रतिनिधि खगेन्द्रलाल राईले राख्नु भएको थियो । संचालन सचिव फुर्वा शेर्पाले गर्नु भएको थियो । कार्यक्रमलाई पार्टीका जिल्ला उपसभापती निर्मल ओझा, सचिवद्धय विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सदस्य अम्विका धमला, महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना,नगर सभापती नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाङ्गले सम्बोधन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।