नेपाल शिक्षक संघ धनकुटा नगरसमितीको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिती चयन

धनकुटा । नेपाल शिक्षक संघ धनकुटा नगरसमितीको दोस्रो अधिवेशन बाट लक्ष्मीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ ।

समितीको उपाध्यक्षमा तेजबहादुर दाहाल, पवित्रा तिम्सिना, सचिवमा विनोद सुवेदी, सचिव अर्थमा डम्बर कुमारी ढुंगेल, सहसचिव महिला कमला अधिकारी, सहसचिव महिला रुना प्रधान, सहसचिव समावेशी प्रेम तुम्वाहाग रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा बीना राई, अम्बरबहादुर घिमिरे, सन्तोषी राई, भीमबहादु खनाल, यशोदा पौडेल, हरीबहादुर अधिकारी र लुना शाक्य चयन हुनु भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस धनकुटाका उपसभापती सुनिल ढंगोल, विशेष अतिथीहरुमा नेपाली कांग्रेस धनकुटा नगरसभापती नरेश श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु, रहनु भएको थियो ।

कार्यक्रमा सेवा निवृत्व शिक्षक लक्ष्मी श्रेष्ठ र जमुना अधिकारी लाई सम्मान गरिएको थियो भने कार्यक्रको अध्यक्षता नेपाल शिक्षक संघ नगरकार्यसमितीका अध्यक्ष रामबहादुर श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमा धनकुटा नगरपालिक भित्रका सबै विद्यालयका नेपाल शिक्षक संग आवद्ध शिक्षकहरुको उपस्थिीती रहेको जनाइएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖