शिव मायाको परिवारलाई राहत प्रदान
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ९ लिसिम्बुमा केहीदिन अघि ज’लेर मृ’त्यू भएकी शिव माया पूर्वाछाने मगरको परिवारलाई राहत प्रदान गरिएको छ ।
पाख्रीवास नगरपालिका ९ नं वडाले उहाँको परिवारलाई १० हजार राहत प्रदान गरेको हो । आज वडाध्यक्ष चन्द्रलाल घिसिङको टोलिले उहाँको परिवारलाई घरमै पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।
टोलीमा वडा सदस्य सम्झना आले,रामबहादुर लुङगेली,नेकपा एमालेका नगर उपाध्यक्ष लोकेन्द्र घिसिङ,सल्लाहकार रुद्र मस्राङगी,यज्ञ घिसिङ लगायतको उपस्थिती थियो ।
५९ वर्षकी शिव मायाको गत फागुन २ गते आफ्नै घरको चुल्होमा आ’गो बाल्ने क्रममा अचानक आफ्नै शरिरमा आ’गो सल्किदा घ’टना स्थलमै मृ’त्यू भएको थियो ।


