एमाले धनकुटाले आज पाख्रीबास-९ मा दुईवटा टाेल कमिटी गठन गर्यो
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले आज पाख्रीबास नगरपालिका वडा नं ९ मा दुईवटा टाेल कमिटी गठन गरेकाे छ । उत्तरपानी गैरिगाउ र लिसुम्बु ठाडा मस्र्याङ्गी रुप्से बेसी गाउँ टोल कमिटी गठन गरेकाे हाे ।
जसअनुसार लालचन घिसिङको अध्यक्षतामा २१ सदस्यीय उत्तरपानी गैरी गाउँ टोलकमिटी गठन गरिएकाे छ । याे कमिटीकाे उपाध्यक्षमा रमेश मोक्त्तान ,सचिव रामजी मोक्तान र सहसचिव जुनु मोक्त्तान रहेकाछन् ।
त्यस्तै सदस्यहरुमा शिव चन्द्र मोक्त्तान ,फुल बहादुर घिसिङ, सन्तोष तामाङ,सम्झना मोक्त्तान, नविन घिसिङ,मेघराज घिसिङ,सुरेन मोक्तान,सरु तामाङ, दिल कुमार तामाङ,कुल बहादुर घिसिङ,विष्णु घिसिङ,रोशन घिसिङ,राजेन्द्र योञ्जन, मान बहादुर तामाङ,राजु मोक्तान,अमृत मोक्तान,बलबहादुर घिसिङ,लक्ष्मण मोक्तान,बादल घिसिङ र राजकुमार योञ्जन रहेका छन् ।
त्यस्तै भीम बहादुर सूर्यआलेको अध्यक्षतामा २६ सदस्यीय लिसिम्बु ठाडा मस्राङगी रुप्से वेसिगाउँ टोल कमिटी गठन गरिएको छ । याे कमिटीकाे उपाध्यक्षमा शेर बहादुर पूर्वाछाने, सचिव दुर्गा रानामगर,सह सचिव रेवत ठाडा मगर,सह सचिव पवन ठाडा मगर रहेका छन् ।
सदस्यहरुमा मजिन्द्र घिसिङ,यमबहादुर मोक्तान, बल बहादुर दर्लामी,खड्ग बहादुर पूर्वाछाने, हेम पूर्वाछाने, विर्खबहादुर पूर्वाछाने, टंक वहादुर ठाडा, धनेन्द्र सूर्यआले, गंगाबहादुर मस्राङगी, विनु मस्राङगी, कमल पूर्वाछाने, युवराज राना, देवेन्द्र विक, जुनु मस्राङगी,तारा पूर्वाछाने, पूर्णमाया पूर्वाछाने, तिलक ठाडामगर, गणित मस्राङगी, सूर्य बहादुर ठाडा, दल वहादुर आले, डम्बर पूर्वाछाने, नेत्र पूर्वाछाने, ईश्वर पूर्वाछाने, नेत्रबहादुर ठाडा र केशव घिसिङ रहेका छन् । टोल कमिटी गठन कार्यक्रममा वडा,नगर र जिल्ला कमिटीका नेताहरुको उपस्थिती थियो ।


