छथर धनकुटाकी एक मात्र महिला टेम्पो चालक लगायत अन्य पुरस्कृत

नारायण कुमार राई, धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले २ जना पेशाकर्मी महिला र २ जना छात्राहरुलाई पुरस्कृत गरेको छ । ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा पालिकाले २ जना ब्यबसायी र २ जना छात्राहरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा छथर गाउँपालिका भित्रकी एक मात्र टेम्पो चालक वडा नं.४ की कृष्णकुमारी भुजेल र गाउँबाट दुध संकलन गरेर बजार सम्म लाने वडा नं.२ की बिनुमायाँ दर्जी हुनुहुन्छ ।

त्यस्तै २०७७ सालको पालिका स्तरीय कक्षा ८ को परीक्षामा सबैभन्दा बढी अंक ल्याउने सरस्वती मा.बि.सिंधुवाकी छात्रा बिरान सुब्बा र सरस्वती मा.बि. ताँखुवाकी दिलकुमारी लिम्बू पुरस्कृत हुनुभएको छ । दुबै छात्रहरुले परिक्षामा बराबर अंक ल्याएकाले उक्त बिद्याको पुरस्काबाट दुबैजनालाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाले पालिकाकी जेष्ठ कार्यपालिका महिला सदस्य टिमला श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरेर सबैलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

भुजेल र दर्जीलाई जनही १० हजार नगद,कदर–पत्र र छात्राहरुलाई जनही ५ हजार नगद तथा कदर–पत्रले सम्मान गरिएको बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।

पुरस्कृत सबैलाई कार्यक्रमका अध्यक्ष श्रेष्ठ तथा कार्यपालिका सदस्यहरु दाकिमु शेर्पा,गंगा लिम्बू लगाएतले नगद तथा कदर–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका भित्र रहेका महिला समूह,एकल महिला समूह,महिला कर्मचारी ,महिला प्रहरी लगाएत अन्य सरोकारवाला महिलाहरूले दिवसको उपलक्षमा एक अर्कालाई शुभकामना आदानप्रदान गरेर कार्यक्रम सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖