२०७४ साललाइ आधार मान्दा धनकुटा नगरपालिकामा गठबन्धनको पल्ला भारी

धनकुटाका स्थानिय तह मध्ये सबै भन्दा चासो पुर्ण तरीकाले हेरीएको हो नगरपालिका हो धनकुटा नगरपालिका । अघिल्लो स्थानिय तह निर्बाचनमा एमालेले जितेको यो नगरपालिकामा पुन पुरानै अनुहार बिच प्रतिस्पर्धा हुने भएको छ । अझ रोचक कुरो त यो नगरपालिकामा अघिल्लो निर्बाचनमा एमालेका उमेद्वार मात्र ११४ मत अन्तरले मात्र एमाले बिजयी भएको थियो । त्यसैले पनि यो स्थानिय तहमा के हुने हो भन्ने सबैको चासो छ ।

२०७४ सालको स्थानिय तह निर्बाचनमा एमालेले धनकुटा क्लिन स्वीप गर्दा सबै भन्दा कम मत अन्तरले बिजयी हासिल गरेको नगरपालिका हो धनकुटा नगरपालिका । एमाले वाट मेयरमा निर्बाचित चिन्तन तामाङ्गले कांग्रेसका दिनेश राइलाइ मात्र ११४ मत अन्तरले पराजित गरेको थिए । यो पटकको प्रतिस्पर्धा पनि उहि पुरानै अनुहार चिन्तन तामाङ्ग र दिनेश राइ बिचनै हुने भएको छ । उपमेयरमा भने एमालेले भिमा खनाल लाइ उठाउदा गठबन्धनले भने माओवादि केन्द्र वाट गणेश बिष्टलाइ अघि सारेको छ जो अघिल्लो निर्बाचनमा माओवादि केन्द्र वाट मेयर पदमा चिन्तन र दिनेश सगै प्रतिस्पर्दा गरेको थिए ।

२०७४ मा एमालेका चिन्तन तामाङ्गले ४९३३ ले मत प्राप्त गर्दा कांग्रेसका दिनेश राइले ४८१९ मत प्राप्त गरेको थिए । त्यस्तै माओवादि केन्द्र वाट गणेश बिष्टले २५३७ मत प्राप्त गरेको थिए । यो बाहेक राप्रपा नयाँ शक्ति जनमोर्चा का उमेद्वारले समेत केहि मत ल्याएका थिए । कांग्रेस र माओवादी मिल्दा मात्र पनि एमालेको भन्दा करिब २४ सय मत बढि देखिन्छ ।

तर यो पटक समिकरणमा पुरै फेरवदल आएको छ । ढिलै भए पनि धनकुटामा चार दललेनै गठबन्धन गरेका छन् । गठबन्धनको चुनौति पन्छाउन एमालेलाइ निक्कै सकस गर्ने देखिन्छ । गठबन्धन जुनसुकै हालतमा एमालेलाइ हराउने दाउमा छ । नेपाली काग्रेस धनकुटा जिल्ला सभापती तथा धनकुटा नगरपालिकाका मेयरमा प्रत्यासी एमालेलाइ सहज रुपमा हराउने बताउनु हुन्छ । यता एमालेका जिल्ला अध्यक्ष इन्द्र मणि पराजुली यो पटक पनि सबै स्थानिय तहमा बिजयी हुने बताउनु हुन्छ ।

अहिले सबै चुनाबी मैदानमा उत्रि सकेका छन् । यो पटक एमालेले अघिल्लो पटक जित्दा गर्न नसकेका काम गर्न आफुलाइ जिताउन आग्रह गदै आएका छन् ।

मेयरमा दिनेश र चिन्तन सगै जनता राप्रपा र एक स्वतन्त्र गरि चार जनाको मेयर पदको लागि उमेद्वारी परेको छ । गठबन्धनका उमेद्वार दिनेश राइ धनकुटा नगरलाइ हेर्न लायक बनाउन तथा गरिब दुखि जनताको दुखमा साथ दिन आफुलाइ जिताउन आग्रह गदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।