धनकुटाको महालक्ष्मी नगरपालिकामा गठबन्धनको पल्ला भारी

२०७४ सालको स्थानिय तहमा निर्बाचनमा धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेवाट पर्शु नेपाल मेयर विजयी भएका थिए । नेपालले नेपाली काग्रेसका निवर्तमान जिल्ला सभापती अग्नी प्रसाद पौडेललाइ पराजीत गरेको थिए ।

नेपालले ४८५७ मत प्राप्त गर्दा पौडेलले ३१५६ मत पाएमा थिए । माओवादी केन्द्रका राम वहादुर नेपालले १७४६ मत ल्याएका थिए । यहा नेपाली कांग्रेसले राप्रपा संग तालमेल गरेर उमेद्धार उठाएको थियो । तर पनि काग्रेसले आशा गरे अनुसार मत प्राप्त गर्न सकेको थिएन ।

यो स्थानिय तह निर्बाचनमा एमालेले मेयरमा दिपक बुढाथोकीलाइ अघि सार्दा उपमेयरमा भने पुन मन्जु कार्कीलाइ दोहोर्याएको छ । गठबन्धनवाट भने मेयरमा नेपाली कांग्रेसका नगरसभापती ध्रुवराज राय र उपमेयरमा भने माओवादी केन्द्रवाट प्रेम खड्का रहेका छन् । मञ्जु कार्की बाहेर प्रमुख र उपप्रमुखमा अन्य सबै नयाँ अनुहार रहेका छन् ।

यो निर्बाचनमा महालक्ष्मी नगरपालिकामा पनि निक्कै रोचक भिडान्त हुने देखिन्छ । एमालेलाइ हराउन यहा नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी, जनता समाजबादी पाटी एक भएर गठबन्धन गरेका छन् । एमालेलाइ फुटेर गएको नेकपा एकिकृत समाजबादीले केहि कमजोर बनाएको छ । तर माओवादीका केहि नेता तथा कार्यकर्ता एमालेमै बसेकोले राहत महशुस गरेको छ ।

२०७४ मा एमालेका पर्शु नेपालले कांग्रेसका अग्नी पौडेललाइ १७०१ मत अन्तरले पराजित गरेक थिए । नेपालले ४८५७ मत प्राप्त गर्दा पौडेलले ३१५६ मत पाएमा थिए पौडेलले पाएको मत काग्रेस र राप्रपाको थियो । अव माओवादी केन्द्रले पाएको १७४६ मत जोड्दा गठबन्धनको मत ४९०२ हुन्छ । जुन मत एमालेको भन्दा ४५ ले बढी हो ।

नेपालले पाएको ४८५७ मत अहिले फुटेर गएको नेकपा एकिकृत समाजबादीको समेत हो । नेकपा एकिकृत समाजबादी धर्मराज पौडेल खगेन्द्र सुबेदी लगायतका नेता गएकाले एमालेलाइ ठुलै घाटालागेको गठबन्धनको बिश्वास छ । जसले गर्दा राम्रो मत अन्तरले जितिने नेपाली कांग्रेसवाट मेयरका प्रत्यासी ध्रुबराज रायले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।