महालक्ष्मी नगरपालिकाका मेयरको घोषणा,- गरिब तथा बिपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

कबिराज घिमिरे, धनकुटाको महालक्ष्मी नगरपालिकाले गरिब तथा बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

महालक्ष्मी नगरपालिका धनकुटाका नवनिर्वातिच मेयर ध्रुव रायले सोमवार औपचारीक पदभार ग्रहण गर्दै बिपन्न परिवारको लागि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्ने बिपन्न परिवार, अल्पसंख्यक, दलितको निसुल्क स्वास्थ्य बिमा गराइने नवनिर्वातिच मेयर ध्रुव रायले बताउनु भयो । त्यस्तै नगरपालिका क्षेत्रमा नगरपालिकाको पहलमा सबै जनतालाइ स्वास्थ्य बिमाको पहुचमा ल्याइने समेत घोषणा गर्नु भयो ।

सबैको पहुचमा स्वास्थ्य बिमा पुर्याए औसधि उपचारमा आर्थिक रुपमा धेरै सहजता हुने जनाएइको छ । मेयर रायले यो बिषय लाई आफ्नो घोषणपत्रमा समेत समाबेस गरि भोट माग्नु भएको थियो ।

यो पनि – आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन : मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । उहाँले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिनुभयो । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उहाँले भन्नुभयो, “हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ ।”

काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ । मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालुतर्फ ५३.३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको जनाउँदै यसवर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण पेश गर्नुभयो । उहाँले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि दाबी गर्नुभयो । सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सङ्घीय संसद् सचिवालयलगायत विभाग र निकायले काम गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖