धनकुटामा सेयर बजार बारे जानकारी गराइने

धनकुटा,२८ भदौ । धनकुटामा सेयर बजार र यसमा हुने काराबारको बारे जानकारी दिने उद्धेश्यले यही असोज १ गते काठमाडौँको पुतली सडकमा रहेको केन्द्रिय रहेको अनलाईन सेक्युरीटिज लिमिटेडले सेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउदै लगानीलाई सुरक्षित बनाउँने उद्धेश्यका साथ “सुरक्षित लगानीका उपाय ” बिषयक कार्यक्रम गर्ने भएको छ ।

धनकुटामा आज पत्रकार सम्मेलन गर्दै अनलाईन सेक्युरीटिज लिमिटेडले सेयर कारोबार कसरी गर्ने , प्राथमिक बजार तथा दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनोट, लगानी सुरक्षित गर्ने उपाय, अल्पकालिन कारोबार र दिर्घकालिन कारोबारका फाइदा तथा बेफाइदा लगायतका सेयर बजारका बारे अन्य धेरै बिषयको जानकारी दिइने गरी कार्यक्रम गर्न लागिएको कम्पनीका धरान शाखा प्रमुख सुरज निरौलाले जानकारी दिनु भयो ।

कार्यक्रममा सेयर बजारमा कारोबार गरी रहेका लगानी कर्ताहरु भर्खर कारोबार गर्दै गरेका, कारोबार गर्न उपयूतm समय पर्खि बसेका लगानी कर्ताहरुलाई सहभागी गराइने प्रमुख निरौलाले जानकारी गराउँनु भयो । साथै उतm कार्यक्रमा टि.एम.एस एकान्उट बनाउन सकिने र डिम्याड खाता खोल्दा एक बर्षको संचालन शुल्क नलाग्ने समेत कम्पनीले जनाएको छ ।

सबै लाई सेयर कारोबार त्यसमा पनि पहाडी तथा ग्रामिण क्षेत्रका लगानी कार्ताहरु लाई समेत जानकारी दिनका लागि कम्पनीले संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्र्तगत कार्यक्रम गर्न लागिएको कम्पनीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।