धनकुटाको विश्रान्ति मन्दिर परिसरमा दुर्गा नवोरात्रोत्सव पुजा प्रारम्भ

धनकुटा,१० असोज । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा धनकुटाको विश्रान्ति मन्दिर परिसरमा दुर्गा नवोरात्रोत्सव पुजा प्रारम्भ गरिएको छ ।

बडादशैंको नवौं दिनसम्म निरन्तर पुजा, भजन,किर्तन गरिने र अन्तिम दिन फुल प्रसाद वितरण सहित पुजा कार्यक्रम सम्पन्न गरिने विश्रान्ती मन्दिर व्यावस्थापन समितिले जनाएको छ ।

यो पनि…
पर्यटकको पर्खाइमा गिडिदह
जुम्ला, १० असोज (रासस) ःआन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ ।

गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले बताउनुभयो । “सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । समुद्र सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा यो रहेको छ । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

पर्यटकीय पूर्वाधारको विकास गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गर्ने हेतुले पहिलो पटक गिडिदहमै पुगेको सो वडाका अध्यक्ष अमरबहादुर रोकायाले बताउनुभयो । गिडिदह सम्मेलनबाट १४ बँुद्धे घोषणापत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विकासका लागि विस्तुत डिपिआर बनाइ कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताउनुभयो । गिडितालको पर्यटन प्रवद्र्धनका लागि सङ्घीय, प्रदेस र गैरसरकारी निकायमा पहल गर्ने पनि जनाइएको छ । त्यहाँ जान गिडिखोला गाउँ हुदै फुलचाले पाटन, लामाचौरसम्म सड्क र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ भन्नभयो । बाटो निर्माण पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।