शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने

काठमाडौँ, १४ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ ।

गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्य कर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउनुहुन्छ ।

“शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नुनहुने शास्त्रीय वचन रहेको छ, तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ”, उहाँ भन्नुहुन्छ ।

आज अस्त हुने शुक्र मङ्सिर पहिलो साता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖