फूलपातिकाे विशेष महत्व, बर्षदिन फुलपातिलाई कसरी प्रयाेग गर्ने ?

सुरेश चन्द्र रिजाल, ज्योतिष पण्डित/घटस्थापनाकाे साताै दिन कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनकाे नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेकाे शुभ समय निर्धारण गरेकाे छ।

षष्टी तिथिका दिन साझकाे समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकाेठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएकाे छ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशाेकाै जयन्ती च विज्ञेया नवपत्रिका : ।।’

१ कदली- केराकाे पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं – ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका अैाषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नकाे समय पारेर पुजाकाेठा या जमरा घरमा विधिपूर्वक दियाे,कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएकाे पाईन्छ । हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुकाे बसाेवास रहेकाले पनि भूमि हनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाति सुकेपछि धुलाेबनाएर शुद्ध गाईको ध्यूले माेलेर बर्षदिन धुपका रुपमा प्रयाेग गर्ने पनि नियम रहिआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।