दुर्गा पक्षको नवौँ दिन : वर्षाको वास्ता नगरी शक्तिपीठमा लाखौँ भक्तजन

काठमाडौँ, १८ असोज । नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीसाधनको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीसाधनको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । महानवमीको दिन भएकाले आज धेरैैले सवारीसाधनमा पूजा आराधना गरी घरमै थन्क्याएका कारण पनि सडक सुनसान छ ।

अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने अवस्था छ । सवारीसाधन कम भएपछि राजधानीको वातावरणमा धुवाँ धुलोको मात्रा कम छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ । आज पनि महाअष्टमीमा जस्तै बलिसहित पुजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । राजधानीका प्रत्येक शक्तिपीठमा आज हजारौँ सङ्ख्यामा भक्तजन लामवद्ध छन् ।

वर्षमा एकदिनमात्र खुल्ने हनुमानढोका दरबारको तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि हजारौँ भक्तजन लाममा बसेका छन् । घटस्थापनाका दिन राखेकोे जमरा आज शक्तिपीठमा लगी चढाउने चलन छ । यसैगरी वर्षमा एक दिनमात्र खुल्ने गोकर्ण राजनिकुञ्जभित्रको वनदेवी मन्दिरमा पनि बिहानैदेखि हजारौैँ भक्तजन लाममा बसेका छन् । नेपाल ट्रष्टको कार्र्यालयअन्तर्गतको गोकर्ण वनमा रहेको यो वनदेवी मन्दिर प्रत्येक शारदीय नवरात्रको महाअष्टमी र महानवमीका दिनमात्र खुल्ने गर्छ ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको घुइँचो छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको बताइएको छ ।

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगत दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भएपनि डेङ्गुको त्रास बढेको छ । यस वर्ष डेङ्गुबाट सुरक्षित भएर दशैँ मनाउन प्रशासनले आह्वान गरेको छ । वर्र्षा निरन्तर भइरहकाले पनि यस्ता रोगबाट बचेर पर्व मनाउन आह्वान गरिएकोे छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।