ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको तोक्मे डाँडा बजार

मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । तस्बिर ः दिलकुमार लिम्बु, रासस

‘जिल्ला निर्वाचन परिचालन समिति’गठन
त्रिशूली, २ कात्तिक (रासस) ः
आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।

सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी ,नेकपा (माओवादी केन्द्र)बाट नवीन पुडासैनी, राजकुमार रेग्मी (सन्देश), गोकर्णनाथ न्यौपाने (गजेन्द्र), नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल रहनुभएको छ । समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।

उक्त समितिले गठबन्धन दलहरुको साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको समितिका सदस्य नेपालले जानकारी दिनुभयो ।

उहाँको अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र माओवादी केन्द्रले बराबर सिट सङ्ख्या बाढेर उम्मेदवार उठाएका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।