तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क । यहाँ मौसम खुलेसँगै यो पार्क हेर्न आउने आन्तरिक पर्यटक बढ्न थालेको छ । तस्बिर ः बाला भट्टराई/रासस

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई
–बाला भट्टराई/म्याङ्लुङ, ४ कात्तिक (रासस) ः सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ ।

तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो । उहाँ लामो समयदेखि यही पेशामा आबद्ध हुनाका साथै गुजरासमेत गर्दै आउनुभएको छ । भेषमा लागेको खरिको कालो धुलो हातले टक्टक्याउँदै लामगादे भन्नुहुन्छ, “हामीलाई असारको १५ भएको छ । न भात खाने फुर्सद् छ न त मादल बनाउन बिसाएर कसैसँग एकैछिन बोल्ने फुर्सद नै । बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म यतिकै धमाधम हुन्छ हामी बूढाबूढीलाई । तिहारमा मात्रै काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारो चलेको छ ।”

आफ्नो बुबाबाट सिकेको सीपलाई आफूले उपयोग गरे पनि आफ्ना छ भाइ छोराको पालनपोषण र शिक्षामा कमी हुन दिनु भएन । मादलबाट भएको आम्दानीले गुजारा चलाउँदै आइएको उहाँको भनाइ छ । तिहारको समय देउसीभैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुइँचो लागेपछि उहाँ यतिबेला बेफुर्सदिलो बन्न थाल्नुभएको हो । बिहान ६ बजेदेखि राति ११ मादलकै काममा व्यस्त हुन्छन् ।

तिहारको समय दैनिक पाँच÷सात जना नयाँ मादल किन्ने र त्यतिकै मात्रामा बनाउनेहरु आउँछन् । नयाँ किन्नेभन्दा नी मर्मत गर्ने बढी आउने गर्दछन् । पहिले पहिले तिहारमा मात्र बिक्री हुन्थ्यो तर यतिबेला गाउँगाउँमा भजनकीर्तनले गर्दा अरुबेला पनि मादलको माग बढ्न थालेको लामगादेकी श्रीमती विष्णुमाया बताउनुहुन्छ ।

एउटा मादल रु दुई हजारदेखि रु सात हजारसम्ममा बिक्री गर्ने गरेको लामगादेको भनाइ छ । मर्मत गरेको मादल रु आठ सयदेखि एक हजार २०० सम्म लिने गरेको उहाँ उल्लेख गर्नुहुन्छ । अझ तिहारको समयमा त दिनको १५÷१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको लामगादे दम्पतीको भनाइ छ । उहाँका अनुसार असोजदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत पनि हुने गर्दछ ।

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउनुहुन्छ । उहाँले पनि लामो समयदेखि यो पेशा गर्दै आउनुभएको छिमेकी अर्जुन काफ्लेको भनाइ छ ।

तिहारका समयमा दिनमा तीन÷चार वटा नयाँ मादल बिक्री हुने गरेको र नौ÷१० वटा मर्मत गर्ने गरिएको मानबहादुर जानकारी दिनुह्ुन्छ । “तिहारका समय मात्रै रु ६०÷७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ”, उहाँ भन्नुहुन्छ ।

उनीहरु यो समय मादल मोड्ने, गोठी हाल्ने, ढाक्नेजस्ता काममा व्यस्त छन् । काठ, बाख्रा वा भैँसीको छाला, अङ्गार, किट, खरीलगायत सामग्री मिसाएर उनीहरुले मादल तयार पर्ने गरेका छन् । मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने भएको छ । मौवा, खिर्रो, मलेतोलगायत काठबाट मादलका लागि ढुङ्ग्रो बनाउने गरिएको छ । मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिने लामगादेको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।