पाख्रीबासमा तिहारको झिलिमिलि(फोटो)
धनकुटा । नेपाली हिन्दुधर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारमा अन्य ठाउंहरुमा जस्तै धनकुटाको पाख्रीबास बजारलाई पनि झ्याप्पै छोएको छ ।
तिहारको औपचारिक दिन आज सुरु भएसंगै घरहरु झिलिमिलि बत्तीले सजाएको देखिन्छ ।
हेर्नुस् तस्बीरमा –








यो पनि…
धनकुटामा पनि बढ्यो तिहारको चबलपहल
धनकुटा,६ कार्तिक । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै धनकुटा सदरमुकाम सहित जिल्लाका अन्य स्थानमा लाग्ने हाट बजारमा तिहारको सामान किन्नेको चहलपहल बढेको छ।
तिहार लागे संगै सदरमुकाम सहित हिले, जोरपाटी, सिधुवा लगायतका स्थानमा सामान खरिद गर्ने उपभोक्ताहरु बढ्न थालेका छन् ।
बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा बढेको छ ।
त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।


