अरुण किनारकोे शिला

सङ्खुवासभाको खादबारी नगरपालिका–९, तुम्लिङटारको अरुण नदी किनारमा सुरक्षा गरेर राखिएको शिला । मनकामनाको उत्पत्ति थलो भनेर प्राचीन समयबाटै पूजाआजा हुने यो क्षेत्रको किनारमा मनकामना मन्दिरको पनि निर्माण भएको छ । तस्बिरः विराट अनुपम/रासस

अघिका वर्षभन्दा फूलको माग धेरै
दोधारा चाँदनी, ९ कात्तिक (रासस) ःकञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उहाँले फूलखेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उहाँले बताउनुभयो ।

“अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।” उहाँले भन्नुभयो,“हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।” उहाँले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताउनुभयो ।

“जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।” उहाँले भन्नुभयो–“दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछाँै ।” उहाँले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताउनुभयो । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उहाँले बताउनुभयो ।

“प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ” उहाँले भन्नुभयो “एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ ।” दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उहाँले बताउनुभयो । “फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ ” उहाँले भन्नुभयो “यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।” उहाँले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताउनुभयो ।

“विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ” उहाँले भन्नुभयो “अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।