धनकुटाको साँगुरीगढी गाउँपालिकामा कृषि मेला तथा प्रर्दशनी

धनकुटा,२७ कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा किसानलाई निर्वाहमूखी खेती प्रणालीबाट व्यावसायिक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला तथा प्रर्दशनी गरिएको छ ।

किसानहरुले आफ्नै बारीमा उत्पादन गरेको कृषि उपजहरुलाई प्रर्दशनीमा राखिएको थियो । किसानहरुलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको वडा अध्यक्ष खड्ग लिम्बुले बताउँनु भयो । उहाँले भन्नु भयो यस्ता मेला बाट किसानले उत्पादन गरेको बस्तुहरुलाई बजारमा जोड्न र खेतीपाती तर्फ किसानलाई आर्कषण गर्न सकिन्छ ।

निर्वाहमूखी खेतीलाई व्यावसायिक बनाउँन र आर्गनिक उत्पादनमा जोड दिन समेत किसान लाई प्रदर्शनीमा आग्रह गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउँनु भयो । प्रदर्शनिमा मसला बाली, अन्नबाली, तरकारी बाली, दलहनवाली र फलफुल बाली तर्फ प्रथम, दोस्रो,तेस्रो र सात्वना हुने लाई प्रमाण पत्र सहित नगद क्रमश १५ सय, १२ सय, ८ सय र ५ सय प्रदान गरिएको थियो ।

प्रदर्शनीमा किसानले उत्पादन गरेका दलहन, तेलहन, तरकारी तथा फलफुल लगायतका बालीहरुको प्रर्दशन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।