सुन्तलाले पाएन बजार

मुसिकोट, २० मङ्सिर (रासस) : रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको छ ।

एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन ।

नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएको छ । सुन्तला बिक्रीबाट बर्सेनि रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि रु दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताउनुभयो । एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए रु चार लाख आम्दानी हुने उहाँको हिसाब छ ।

सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गर्नुभएको छ । उहाँका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उहाँले सुन्तलाबाट गत वर्ष रु एक लाख ८० हजार आम्दानी गर्नुभएको थियो ।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ ।

गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् । सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् ।

गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताउनुयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।