आर्थिक मन्दीको असर पशुपालनमा समेत देखिएको धनकुटाका किसानको भनाई
धनकुटा,२३ मंसिर । पछिल्लो समय आर्थिक मन्दीमा देखिएको असर पशुपालनमा समेत देखिएको धनकुटाका किसानहरुले बताएका छन् । मासु जन्य पशुपालन व्यावसायमा लगानी अनुसारको व्यापार नभएको किसानहरुको भनाई रहको छ ।
बाख्रा पालन तथा बंगुर पालन व्यावसायमा लागेका किसानहरु त्यसको मारमा रहेको कृषक लेखनाथ पौडेलले बताए । उनले भने “ अन्य व्यावसायहरुमा जस्तै बाख्रा पालनमा समेत बजारमा देखिएको मन्दीको असर परेको छ अन्य बस्तुको मूल्य बढेको असर व्यावसायीक पशुपालनमा परेको छ ” ।
त्यस्तै बंगुर पालन गर्दै आएका अर्का किसान रमेश कुमार राईले भने बंगुर तथा कुखुरा लाई खुवाउने दानको मूल्य बढेको छ तर आफूले भनेको समयमा बंगुर तथा कुखुरा बच्न पाइदैन त्यसले गर्दा लगात बढ्नाले किसान लाई ठूलो मार परेको छ ।
यता व्यापारीहरु पनि गाउँघरमा समेत बोेका, खसीको मूल्य अत्याधिक बढेको तथा बंगुर बाहिरी जिल्लामा निकासी नभएको र आन्तरिक बजारमा खपत कम भएकोले पशुपालन व्यावसायमा समस्या देखिएको बताउँछन् ।
किसानहरुले भने उचित बजारको व्यावस्थानमा संम्बन्धीत निकायले ध्यान दिनु पर्ने बताउँछन् ।


