घट्दै अलैँचीको मूल्य

ताप्लेजुङ, २४ मङ्सिर (रासस) ः अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ ।

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् । यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताउनुभयो ।

पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उहाँको तर्क छ । उहाँले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गर्नुभएको छ । जसमध्ये आधा जसो रु २९ हजारका दरले किसानबाट लिइसक्नुभएको छ । बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उहाँले बताउनुभयो ।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा–७ खेवाङका किसान राजकुमार भट्टराईले बताउनुभयो ।

अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् । गत वर्ष प्रतिमन रु ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖