टनेल खेतीमा किसानको आकर्षण
धनकुटा । धनकुटामा समेत पछिल्लो समय टनेल खेती तथा किसान बेमौसमी तरकारी खेतीप्रति आकर्षित भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढे संगै टनेल खेती तर्फ किसान लाग्दै गएका छन् ।
टनेलभित्र तरकारीलाई झरी, असिना, घाम, हुरी बतासले असर नगर्ने र रोगकीरा पनि नलाग्ने भएकाले अर्गानिक उत्पादन हुन्छ टनेल बाहिर र भित्र खेती गर्नु धेरै नै फरक रहेको कृषक रमेश कार्कि बताउँछन् टनेल भएमा बेमौसमी रुपमा समेत टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्न सकिने उनको भनाइ छ । थोरै जमिनमा लगाइने खेती लाई टनेमा गर्दा धेरै मुनाफा समेत लिन सकिने अर्को कृषक नन्दकुमार राईले बताए उनले भने धेरै जमिनमा लगाउने खेती लाई त्यति प्रभाव कारी नभए पनि थोरै जमिन हुनेहरुका लागि टनेल खेती ज्यादै राम्रो हुन्छ ।
टनेल खेती गर्दा रकम भने महँगो पर्ने भएकोले आर्थिक रुपमा कमजोर किसानले भने गर्न लाई ज्यादै समस्या हुने किसानहरुको भनाई छ । त्यसैले खती गर्न चाहने र मेहनेती किसान लाई भने संमन्धीत निकाय बाट सहयो हुनु पर्ने किसान बताउँछन् ।
यो पनि…
नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान
सिद्धार्थनगर,लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्यसचिव सानुराजा शाक्यले खादा ओढाएर उहाँहरूलाई सम्मान गर्नुभयो । सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताउनुभयो । लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उहाँले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदका रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन क्षेत्र न ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य गुप्ताले लुम्बिनीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै लुम्बिनीमा एक सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गर्नुयभो ।


