प्लास्टिक टनेलमा कालो लेउको समस्या

बलेवा, ८ पुस (रासस)ः प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताउनुभयो । ‘‘टनेलमाथि चडेर सफा गर्न मिल्दैन्” उहाँले भन्नुभयो “प्लास्टिक सफा गर्ने प्रविधिको खोजी गर्न प्राविधिकलाई आग्रह गरेका छौँ ।’’ एक पटक सफा गरे छ महिना प्लास्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाउनुभयो ।

जैमिनीमा रहेका अधिकांश प्लास्टिक घरमा कालो लेउको समस्या छ । किसानले भ¥याङको प्रयोग गरेर लेउ सफा गरे पनि अत्याधुनिक र ठूला टनेलहरुमा समस्या हुने गरेको छ । लेउ लागेको प्लास्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाइएका बिरुवा नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानसँग छ ।

‘‘पहिलो वर्ष फलेको जस्तो गालभेँडा दोस्रो वर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’’ अर्का किसान मदन आचार्यले भन्नुभयो,‘‘रोगकीराको सङ्क्रमणसमेत देखिन थालेपछि प्लास्टिकको लेउका कारणले हो भन्ने लागेको छ ।’’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक–फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी गराइएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलले बताउनुभयो । किसानका समस्याबारे जानकारी भए पनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । ‘‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौँ’’ उहाँले भन्नुभयो,‘‘फोहोरा लगाएर प्लास्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’’

लेउका कारण टनेल बनाइएको प्लास्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ वर्ष पहिले यस्तो समस्या नभए पनि पछिल्लो समय आँफूहरुले प्लास्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताइन् । जैमिनीमा किसानले प्लास्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातीका च्याउसमेत किसानले प्लास्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।