नारच्याङ झरना

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर
खजुरा, १४ पुस (रासस) :तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो ।

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताउभयो । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।