पूर्वको प्रसिद्ध धार्मिकस्थल साप्सुधाप

पूर्वको प्रसिद्ध धार्मिकस्थल साप्सुधाप । यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वासको साथ ठाउँबाट भक्तजन पुग्ने गरेका छन् । प्रचारप्रसारको अभावमा यो ठाउँमा ओझेलमा परेको छ । तस्बिर ः युवराज विष्ट ÷रासस

जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’
बनेपा, १४ पुस (रासस) ःकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहनुभएको छ ।

विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उहाँले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गर्नुभएको हो । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

“पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।” यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उहाँले बताउनुभयो । अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताउनुभयो । उहाँहरुसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ ।

सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी सोदीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आउनुुभएको छ । विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पाँच÷पाँच जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरीपालन कार्यमा संगल्न गराएपछि उहाँ अध्ययनसँगै त्यसैमा केन्द्रित भएको छ । “हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरुलाई बाँडेर लिन पाइने शिक्षकले बताउनुभएको छ ।” बाख्रापालन गर्नलाई घरमा गोठ नभएको र मौरीपालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उहाँले बताउनुभयो । कक्षाका ४२ जनामध्ये मौरीपालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब दुई हप्ताबाट सो कार्य सुरु गरेका छन् ।

उहाँहरु मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवाखेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार छ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये एक सय १८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उहाँले बताउनुभयो । त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी । विद्यार्थीको मेहिनतले यहाँका चार रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रापालन, तरकारीखेती, धानखेती र मौरीपालनको समेत काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ । जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् । यसअघि दुई हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ । विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी पाँच सयसम्म पु¥याउने तयारीमा विद्यालय रहेको उहाँले बताउनुभयो । यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ ।

सङ्घीय सरकारको दश लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो । विद्यालयको कक्षा ७ देखि नै सुरु भएको छ भने कक्षा ९ देखि १२ सम्म पशु विज्ञान प्राविधिक धारको पढाइसमेत सञ्चालन भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।