जोखिम मोलेर अरुण नदी तर्दै

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका-६, मच्छेटारका विद्यार्थी । तस्बिरः भविन कार्की÷रासस

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया
कञ्चनपुर, १८ पुस(रासस) :शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उहाँ पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जानु हुन्थ्यो । साँझ अबेर थाकेर घरफर्कनु हुन्थ्यो । मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो । हाल उहाँ तरकारी खेतीमा संलग्न हुनुभएको छ । व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार खर्च सहज रुपमा चल्न थालेको छ । पुनः स्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गामा उहाँले घर निर्माण गर्नुभएको छ ।

बाँकी रहेको चार कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । आफ्नो स्वामित्वको चार कठ्ठा जग्गा र अरुको पाँच कठ्ठा जग्गा भाडामा लिएर उहाँले तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीबाट चौधरीले वर्षमा रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । “पहिला बिहानै मजदुरीमा जान्थ्यौँं”, उहाँले भन्नुभयो, “हाल बिहानैदेखि तरकारी बाली स्याहार्ने कार्यसँगै टिपेर बजारमा बेच्नका लागि जाने गरेका छौँ ।” मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो ।

हाल उहाँको बारीमा काउली, गोलभेँडा, बन्दागोभी, खुर्सानी र हरियो सागपात बेच्नका लागि तयारी अवस्थामा रहेको छ । केही उत्पादित तरकारी उहाँले बजारमा लगेर बिक्री गरिसक्नु भएको छ । “रु २० हजार जतिको काउली र गोलभेँडा बिक्री गरेका छौँ”, उहाँले भन्नुभयो, “अरु तरकारी बिक्री गर्ने अवस्थामा पुगेको छ ।” घरमा रहेका महिलाले मात्रै तरकारी खेतीमा संलग्न छन् । पुरुष बाह्य क्षेत्रमा रोजगारी गर्दै आएका छन् । घर खर्चसँगै बालबालिकको पढाइ खर्च तरकारी खेतीको कमाइले धानिँदै आएको छ ।

घरका पुरुषले कमाएको पैसाले चौधरी परिवारले पक्की घर निर्माण गरेको छ । सनमती जस्तै बस्तीका रामस्वरुप चौधरीले पनि चार कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीबाट चौधरीले रु एक लाखदेखि रु एक लाख २० हजार जति वर्षमा कमाइ गर्नुहुन्छ ।

“तरकारी उत्पादन गरी बजारमा लगेपछि बिक्री हुन निकै समस्या छ”, उहाँले भन्नुभयो, “बाह्य क्षेत्रबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत मूल्यभन्दा थोरै बढीमा बिक्री हुन्छ, बेमौसमी तरकारीबाट भने चाहे अनुसारको मूल्य मिल्ने गरेको छ ।”

“गाउँमै तरकारी सङ्कलन केन्द्र भए थोकमा व्यापारीलाई तरकारी उपलब्ध गराउँदा मूल्य मिल्न सक्थ्यो”, आरती चौधरीले भन्नुभयो, “त्यसका लागि स्थानीय तहले व्यवस्था मिलाई दिनुप¥यो, वडाध्यक्षलाई यसबारे अवगत गराएका छौँ, बनाउने आश्वासन दिएका छन् ।”

महिलाले बिहानीको झिसमिसेमै टाउकोमा टोकरी बोकेर बजार क्षेत्रका पसल घर चहार्दै तरकारी बेच्नका लागि पुग्नुपर्ने बाध्यता भने रहेको छ । केही गैरसरकारी संस्थाले तरकारी खेती गर्ने तौरतरिका सिकाउने कार्यसँगै बीउबिजनमा सहयोग गरेका छन् ।

स्थानीय तहका तर्फबाट तरकारी खेतीमा संलग्न मुक्तकमैया परिवारका लागि कुनै पनि कार्यक्रम हालसम्म नल्याएको सुक्नी चौधरीले बताउनुभयो । मुक्तकमैया बस्तीका छ परिवारले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । “पहिला तरकारी खेती गर्ने धेरै थिए”, मुक्तकमैया अगुवा भागिराम चौधरीले भन्नुभयो, “कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण बजारमा तरकारी बिक्री हुनै छाडेपछि तरकारी खेती गर्नेको सङ्ख्यामा कमी आएको छ, तरकारी बिक्री नभएपछि धेरैले जीविका चलाउनका लागि अरु विकल्प रोजे, त्यसैले तरकारी खेती गर्ने घटे ।”

नगरपालिकाको कृषि शाखका प्रमुख करन सिंह बुढाऐरले आर्थिक रुपमा विपन्न मुक्तकमैयाका लागि व्यावसायिक तरकारी खेतीका लागि अनुदानका कार्यक्रमसँगै तालिमका योजना रहेको बताउनुभयो । “व्यावसायिक तरकारी खेती गर्नेलाई प्रोत्साहित गर्ने नगरपालिकाको योजना छ”, उहाँले भन्नुभयो, “मागका आधारमा कार्यक्रम सञ्चालन हुने भएकाले माग आए अनुसारका अनुदानका कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध छौँ ।” हाल कृषि शाखाबाट अनुदानमा बीउ, कृषि औजार, उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।