महालक्ष्मी साना किसान कृषि सहकारी संस्था लि.को दोस्रो साधारणसभा सम्पन्न
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्था लि को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चेतनाथ बराल ९मिलन ०को अध्यक्षतामा भएको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश नं १ का संसद इन्द्रमणी पराजुली महालक्ष्मी नगरका किसानको जीवनस्तर सुधार गर्नमा यो सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
उहाँले कृषिलाई आधुनिकिकरण गर्दै बैज्ञानिक तरिकाले व्यवसायीक तरिकाले गर्न सुझाव दिनुभयो । आगामी दिनमा आफ्नो तर्फबाट सहकारीलाई आवाश्यक साथ सहयोग रहने प्रतिवद्धता पनि उहाँले व्यक्तगर्नु भयो ।
सभामा आर्थिक बर्ष ०७७।०७८ मा १ करोड २५ लाख २२ हजार ६ सय १२ रुपैया १० पैसा , र ०७८।०७९ मा २ करोड ७८ लाख ६६ हजार ८ सय ८७ रुपैया २ पैसा बराबरको आर्थिक प्रगति गरेको विवरण अध्यक्ष चेतनाथ बरालले प्रस्तुत गर्नुभएको थियो । सहकारीको शेयर तथा अन्य सम्पति ४७ लाख ८१ हजार ३ सय ७० रुपैया २ पैसा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै सहकारीले प्रदेश संसद विकास कोष ईन्द्रमणी पराजुली र महालक्ष्मी नगरपालिकाको अनुदानमा संस्थाको २ वटा भवन निमार्ण , नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ स्टक सेक्टरको लागत साझेदारीमा व्यवसायीक बाख्रापालन कार्यक्रम सञ्चालन , भू तथा जलाधार व्यवस्थापन धनकुटाको अनुदान सहयोगमा बेमौसमी तरकारी खेतीका लागि १ सय ४८ वटा प्लास्टिक टनेल वितरण , विभिन्न कृषिजन्य विउबिजन , रासायनिक मल , सहुलियत दरमा बिक्री वितरण लगायतका विभिन्न गतिबिधि सञ्चालन गरिरहेको सभामा जानकारी गराईएके छ ।
सभाका विशेष अतिथि महालक्ष्मी नगरपालिकाको उपप्रमुख मन्जु अधिकारीले किसानको जिवस्तर सुधार गर्न संस्थाले थप भुमिका खेल्नु पर्नेमा जोडदिनु भयो । उहाँले स्थापनाको छोटो समयमा नै निकैनै उपलब्धि मुलक काम गरिरहेको भन्दै आगामी दिनमा थप उन्ति प्रगतिको शुभकामना दिनु भएको थियो ।
साना कृषि सहकारी संस्थाको विकासको लागि आफ्नो र नगरको तर्फबाट आवाश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । सभामा नगरका कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाको बन्दशस्त्रबाट विभिन्न निर्णयहरु पास गरेको संस्थाले जनाएको छ ।
साधारण सभामा स्वागत मन्तव्य उपाध्यक्ष लिला सिंह महताराले राख्नु भएको थियो । २०७६ सालमा स्थापित यो सहकारी संस्थामा हाल ६ सय ८८ जना सेयर सदस्य रहेकाछन् ।





