श्री चञ्चला देवी वहुउद्देश्यीय दुग्ध सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, संस्थाको भवन निर्माण गर्न नगरले १० लाख उपलब्ध गराउने

धनकुटा । श्री चञ्चला देवी वहुउद्देश्यीय दुग्ध सहकारी संस्था धनकुटा १ हिलेले आज आफ्नो २८ औ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं १० का वडा अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षता एवं धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाका व्यवस्थापक भिम बहादुर मल्लले ५३ लाख ७१ हजार २ सय ८५ रुपैया २९ पैसा बराबरको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८।०७९ मा ३ करोड ९० लाख ९५ हजार ९ सय २४ पैसा बराबर प्राप्ती भुक्तानी तथा नगद प्रवाह गरेको छ ।

कूल कारोबार ३ करोड ४२ लाख ८८ हजार ४ सय ९५ रुपयाँ रहेको व्यवस्थापक मल्लले जानकारी गराउनुभयो । सभाको अवसरमा सहकारी संस्थामा सबै भन्दा बढी दुध संकलन गर्ने,फ्याट वढी भएको गुणस्तरिय दुध ल्याउने कृषक र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सबैभन्दा बढी १० हजार ७ सय ४६ लिटर दुध सहकारीमा ल्याउनुहुने कृषक गजेन्द्र कार्की, ६ हजार ४ सय २३ लिटर दुध ल्याउनुहुने सूर्य बहादुर विक र ५ हजार ९ सय ४३ लिटर दुध ल्याउनुहुने फुल माया आले रहेका छन्। उनिहरुलार्ई क्रमश: ११ सय,९ सय र ७ सय नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो । उनिहरुले वार्षिक रुपमा त्यति दुध सहकारीमा ल्याउने गरेका हुन् । त्यस्तैगरि गुणस्तरीय दुध ल्याउने कृषक माधव राई, हरिमाया तामाङ र मिठ्ठे आलेलाई नगद ५ सय र सम्मान पत्रले सम्मान गरिएको छ । सहकारीको जेष्ठ शेयर सदस्य टेक बहादुर बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर तामाङले कृषि र पशुपालनबाट नै मुलुक समृद्ध बन्ने भएकाले धनकुटा नगरपालिकाले कृषिलाई प्राथमिक्तामा राखेर अगाडि बढिरहेको बताउनु भएको छ । कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य नपाए उत्पादनमै ह्रास आउने उल्लेख गर्दै उहाँले जिल्ला सहकारी संघ र दुग्ध वितरण आयोजनाले दुधको मूल्य वृद्धी गर्ने विषयमा ध्यान दिन आवश्यक रहेको वताउनुभयो । उहाँले सहकारी संस्थाको भवन निमार्णका लागि नगरको तर्फ बाट १० लाख आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कृषकले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने, अनुदान उपलब्ध गराउने पक्षमा आफु रहेको उहाँले बताउनु भयो । सभामा जिल्ला सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदी, हिले माध्यमिक विद्यालयका शिक्षक दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभामा विभिन्न संघसंस्थाका पदाधिकारी,शेयर सदस्यको उपस्थिति थियो । स्वागत मन्तव्य संस्थाका ऋण संयोजक श्याम कुमार खुलालले राख्नु भएको थियो । यो सहकारीमा हाल २ सय ५५ जना शेयर सदस्य रहेकाछन् भने दैनिक २५ सय लिटर दुध संकलन गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।