भोजपुर अस्पतालको आइसियू कक्ष

जिल्ला अस्पताल भोजपुरमा आधुनिक सघन उपचार कक्ष (आइसियू) सञ्चालनका लागि तयार गरिएको भेन्टिलेटरसहितको उपचार कक्ष । आइसियू सञ्चालनका लागि उपकरण जडानको काम सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न ढिला भएकोे जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर मिलन राईले जानकारी दिनुभयो । तस्बिर ः युवराज विष्ट÷ रासस

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै
तनहुँ, ५ माघ (रासस) :तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । शीत भण्डारमा फलफूल, तरकारीलगायत उपज भण्डार गर्न सकिने छ । कृषकले उत्पादन गरेका वस्तु भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो ।

शीत भण्डार २०८० असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । समृद्ध गाउँपालिका बनाउनका लागि उत्पादन र कृषिमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । कृषकले फलफूल र तरकारी उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्ने समस्या टड्कारो रहेका कारण उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेकाले शीत भण्डार निर्माण जरुरी भएको उहाँको भनाइ छ । उत्पादित वस्तु समयमा बेच्न नसक्दा सड्ने र कृषकले घाटामा बेच्नुपर्ने हुँदा कृषकलाई प्रोत्साहन गर्न शीत भण्डार आवश्यक छ ।

उहाँले भन्नुभयो, “ शीत भण्डार निर्माण पछि कृषक आफैँले उत्पादित वस्तु भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।