मन्त्री राईलाई खुल्ला पत्र

श्री राजेन्द्रकुमार राई ज्यू,
माननीय मन्त्री ,
नेपाल सरकार
भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालय
सिंहदरबार काठमाडौं ।

विषय :- खुला पत्र सम्बन्धमा ।

महोदय ,
महालक्ष्मी नगरपालिका धनकुटाको मारेककटहरे गाउँ स्थित ‘ घुमाउने ‘ डाँडा भन्दा अगाडि बग्ने लेगुवा खोलाको पानी दिनभरी खेतीमा उपयोग भएता पनि रातभरि खेर गइरहेको सर्वविदितै छ ।

मारेक , डाँडागाउँ , नाम्फु , चानुवा , रुपाटाहार , दमार , बेल्टार, लेगुवा आदि क्षेत्रमा १६ घण्टा सिँचाइ गर्ने र सिंधुवा , जोरपाटी , हिले , पाख्रीबास , धनकुटा बजार र महालक्ष्मी /छथरका सुख्खा गाउँहरुमा रातीको ८ घण्टा खानेपानीको रूपमा सदुपयोग गर्ने परियोजना ल्याउन राजेन्द्र राईज्यु साथै सम्बन्धित सबै जनप्रतिनिधि , सरकारी अधिकारी , धनकुटाको विकास चाहने सरोकारवाला समाजसेवीहरुमा हार्दिक अनुरोध गर्दछु । देखिने गरिको विकास गर्न हातेमालो गरौँ ।

हाम्रै धनकुटाको चौविसेबासी जनता पिउने पानीको अभावमा बसाइँ सरेका छन् । लेगुवा खोलाको पानीलाई उपयोग गर्ने हो भने मृ’तशहर धनकुटा बजारले पुनर्जीवन पाउनेछ । खोलाको पानी पम्पबाट माथितिर तान्ने चलन महत्वाकांक्षी तरिकाले ल्याएर विज्ञानको सम्भववादी अवधारणालाई प्रयोग गर्दा अल्पकालीन र खर्चिलो मात्रै भएको छ ।

मन्त्रालयहरु विभागीय भएपनि जननिर्वाचित भएको जिल्लामा जुनसुकै मन्त्रालय सम्हालेका मन्त्रीप्रति सर्वाङ्गीण विकासको आशा र देशभरी विभागीय अपेक्षा राख्नु स्वभाविक हो । यस अघिका सरकार सञ्चालन गर्नेहरु झैँ जागिरमा सिमित हुनुहुने छैन र परिणाम देखाउनु हुनेछ भन्ने आश गर्‍यौँ भने अनौठो नहोला । लेगुवाखोला – धनकुटा जिल्ला खानेपानी परियोजना बनाएर मेरो पालाको गौरवशाली कार्यक्रम भनेर इतिहास राख्ने अवसर राख्नुहुन विनम्र निवेदन गर्दछु ।

-राजेन्द्र बस्नेत,पाख्रीबास नगरपालिका – ३ , धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।