सहिद शालिक माल्यार्पण गर्दै सांसद राई

भोजपुरको सहिद पार्कमा रहेको रामप्रसाद राई र नारदमनि थुलुङको शालिकमा माल्यार्पण गर्दै प्रदेश सभा सांसद सिर्जना राई । प्रदेश १ ले कोसी प्रदेशको नाम पाएसँगै उहाँले गृहजिल्लामा आएर शुक्रबार माल्यार्पण गर्नुभएको हो । तस्बिर ः युवराज विष्ट/रासस

धराप बन्दै जाजरकोट सडक
जाजरकोट, १९ फागुन (रासस:पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् ।

भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् । मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताउनुभयो । पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौँ गएकोभन्दा बढी भाडा असुल्ने गरेको उहाँको गुनासो थियोे । चार जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप थियो ।

अधिकांश पालिकाले निर्माण गरेका प्रदेशका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताउनुभयो । जताततै सडक खनेको देखिन्छ तर हलुका सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल रहँदै आएको उहाँको भनाइ थियोे ।

पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् तर पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ । शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिङ्ग भएकोे छ । ठाउँ–ठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ । त्यस्तै छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाममात्रका बन्दै आएको सवारी चालकको गुनासो छ ।

खरिद गुरुयोजना स्वीकृत नगर्दा सडक निर्माणमा बाधा

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका जाजरकोटका केही सडकमा खरिद गुरुयोजना स्वीकृत नहँुदा काममा समस्या हुँदै आएको छ ।विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा सडकको काम अगाडि बढ्न सकेको छैन । रु एक अर्ब ८४ करोड अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पश्चिम क्षेत्रको छेडा, वडावन, साना खोला, चाँदे र टोप्ला सडकको स्तोन्नति, चैखिला साना खोला जुनी सडक छन् । त्यस्तै पूर्वमा रहेका सडकमा खलङ्गा, बोहरा, इबर, गङ्गटिया र मेलटारी वैकल्पिक राजमार्ग भेरी नगरपालिकाको जाजरकोट, खारा, चारगाँ, ऐरार्नी, गर्छिना, समाइला र जुम्ला जोडने सडकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा काम सुरु हुन नसकेको हो । ट्रयाकओपन भएका यी सडकमा स्तरोन्नति नहुँदा विद्युतीय धरापका रुपमा विस्तार हुँदै गरेका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।