बाइसधारा मेलामा भक्तजन

चैत शुक्ल पूर्णिमाका दिन काठमाडौँ बालाजुमा अवस्थित बाइसधारा मेलामा भक्तजनहरु स्नान गर्दै । तस्बिरः हरिराम भेटुवाल/ रासस
भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि
भक्तपुर, २३ चैत (रासस) :नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो ।

भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

अध्यक्ष महतका अनुसार महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाका अनुसार महोत्सवमा दुई सय कक्ष रहेका छन् । “घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हाँै”, उहाँले भन्नुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।