धनकुटाका कृषकहरु टनेल खेती तर्फ आकर्षित (भिडियो सहित)

धनकुटा । थोरै क्षेत्रवाट राम्रो उत्पादन र मनग्गे आम्दानी लिन टनेल खेतीलाई उपयुक्त मानिन्छ । थोरै लगानी, थोरै स्थानवाट राम्रो आम्दानी र बेमौसमी उत्पादन समेत हुन थालेपछि धनकुटाका कृषकहरु टनेल खेती तर्फ आकर्षित हुन थालेका छन् ।

धनकुटामा पछिल्लो समय कृषक टनेल खेती तर्फ आकर्षित हुन थालेका छन् । बिभिन्न संघ सस्था, स्थानिय तह, कृषि संग सम्बधित कार्यलयले टनेल बितरण गरेर टनेलमा खेति गर्न सिकाए संगै कृषकहरुको ट्रनेल खेति तर्फ आकर्षण बढेको हो । थोरै ठाँउ र थोरै मेहनतमा बढि आम्दानी, बेमैसमी उत्पादन रोग किराको प्रकोप कम हुने भएकाले टनेल खेतिमा आकर्षण भएको कृषकको भनाई छ ।

धनकुटामा युएनडिपि मार्फत पर्डेप नेपालले मात्र अहिले सम्म धनकुटा नगरपालिकामा २५ सय र महालक्ष्मी नगरपालिकामा ५ सय भन्दा बढि टनेल बितरण गरेको छ । त्यस्तै कृषि ज्ञान केन्द्र, स्थानिय तह तथा वडा कार्यलय ले पाँच बर्ष यता बार्षिक एक सय भन्दा बढि टनेल बितरण गदै आएको छ । यो बाहेक ब्याबसायीक किसानले आफ्नै लगानीमा समेत टनेल खेती गर्न थालेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । बेमैसामी उत्पादन, उच्चस्थान र बजार नजिक खेति गर्न यो प्रबिधि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर बताउनु हुन्छ ।

पहिले पहिले टनेल खेति गर्न झण्झट मान्ने किसान समेत अहिले यो प्रति चासो राख्न थालेका छन् । त्यसो त टनेल खेतिका कारण कृषकको ब्यबसायीकता समेत बढेको स्थानियतहका जनप्रतिनिधिको भनाई छ ।

टनेल भित्र खेति गर्दा रोग किराको प्रकोप कम हुने, गुणस्तरमा बढि, उत्पादनमा बृद्धि, बाहिर भन्दा मेहनत कम पानीको आबश्यक्ता कम पर्ने कृषि प्राबिधिकको भनाई छ । टमाटर, काक्रा,े रायो साग, धनिया आदि बालीको लागि यो खेति राम्रो भएको कृषकको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖