कार्यक्रम स्थलमा भूमरी पर्दा

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर तारा पहिचान गर्नेका लागि आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भइरहेको अवस्थामा कार्यक्रम स्थलमा भूमरी पर्दा देखिएको दृष्य भूमरीका कारण केहि बेर कार्यक्रम स्थगित भएको थियो । तस्बिर धनकुटा खबर

यो पनि…
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी
भक्तपुर, २४ चैत (रासस) : यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइप लाइन विस्तार तथा जडानकार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती, च्याम्हासिंहबाट सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, अन्य विभिन्न स्थानमा पाइप बिछ्याउने कार्यमा नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहलसमेत गरिने भएको छ ।

पाइप लाइन विस्तारकार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइप लाइन एवं अन्य कार्यको खर्च नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग खानेपानी लिमिटेडबाट गरिने विषयमा समझदारी भएको छ ।

नगर प्रमुख सुनिल प्रजापति, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।