धनकुटाको शहिदभुमी ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर,जुन दिनभरी बन्द हुन्छ साँझ परेपछि पुजाको लागि खोलिन्छ (भिडियो सहित)

धनकुटा । प्राय: मन्दिरहरुमा बिहान पुजा शुभारम्भ गरी दिनभरी दर्शनार्थीको लागि खुल्ला राख्ने गरिन्छ तर धनकुटाको शहिदभुमी गाँउपालिका वडा नम्बर ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर एक यस्तो मन्दिर हो जो दिनभरी बन्द हुन्छ साँझ परेपछि पुजाको लागि मन्दिर खोलिन्छ ।

देशका बिभिन्न धार्मिक स्थल तथा मन्दिरहरुमा बिहान धुमधामको साथ पुजा भइरहदा धनकुटा स्थित उक्त मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साझको पुजा पछि बन्द हुन थाल्छन् तब यो मन्दिर खुल्छ अनि पुजा आजा चल्न थाल्छ । यहि छुट्टै बिशेषताका कारण देशका अन्य मन्दिर भन्दा यो मन्दिर फरक बनेको छ ।

यो मन्दिरमा साँझ परेपछि दर्शनार्थीको भिडभाड बढ्छ र राती अबेर सम्म पुजा हुन्छ । यो मन्दिरमा बेलुका पुजा हुने चलन नयाँ भने हैन ।

यो मन्दिरमा औंसी र आइतबार बाहेक सधै नियमित पुजा बेलुका ५ बजेपछि मात्र हुने गरेको छ । जानकारहरुको अनुसार यो मन्दिरका दुई दिदि बहिनी रहेका छन् । संखुवासभा जिल्लामा रहेको दिदिको बिहान र दिउसो पुजाआजा हुने गरेको र त्यहा पुजाआजा सम्पन्न भएपछि मात्र यहाँ पुजा सुरु हुने गरेको बताउछन् । यो बिशेषता अन्य मन्दिरको भन्दा फरक रहेको र यहाँ नयाँ अनुभुत गर्न पाईने दर्शनार्थीको भनाई छ ।

बेलुकी पुजा हुनु बाहेक यो मन्दिरको अरुपनि केहि फरक बिशेषता रहेको स्थानियवासी बताउछन् । यो मन्दिरको रहेको स्थानमा एक अनौठो प्रजातीको रुख रहेको छ ।

त्यहि रुखको फेदमा मुख्य देबिको बसोवास रहेको बिश्वास गरिन्छ तर सो कुन प्रजातीको र कति पुरानो हो भनेर अहिले सम्म पत्ता लाग्न नसकेको स्थानियको दाबी छ ।

त्यस्तै रजश्वला हुने उमेरसमुह भन्दामाथीका महिलालाई यो मन्दिर प्रबेसमा निशेध गरिएको छ । सुख्खा ग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने प्रसस्त पानीको मुलहरु रहेका छन् ।

मन्त्रीसमक्ष किशोरीका २२ बुँदे माग
गण्डकी, ६ वैशाख (रासस) :
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गर्नुभयो । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको थियो ।

पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए । किशोर–किशोरी तथा बालबालिकाको हकहित समेटिएको २२ बुँदे मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षणपत्रमा किशोरीमैत्री शौचालय निर्माणदेखि बालबालिकाको पोषणभत्तासम्मका माग उठाइएको किशोरी अभियानकर्मी शशि कार्की क्षेत्रीले जानकारी दिनुभयो । ध्यानकर्षणपत्रको पहिलो बुँदामा किशोरी तथा बालिकाको मानवीय विकास र क्षमता अभिवृद्धिका लागि लगानी वृद्धि गर्न माग गरिएको छ ।

प्रदेश सरकारले ल्याएको बालबालिकासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसम्मै संयन्त्र निर्माण गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । विद्यालयमा स्वास्थ्यकर्मी तथा मनोविमर्शकर्ताको व्यवस्था हुनुपर्ने, मन्त्रालय र मातहतका निकायमा किशोरी तथा बालिकाका लागि छुट्टै सेवा क्षेत्र तोक्नुपर्ने, सहरी पूर्वाधार र यातायात सेवा बालबालिका र किशोरीमैत्री हुनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा विद्यालयमा किशोरीलाई उपलब्ध गराइने सेनेटरी प्याड गुणस्तरीय हुनुपर्ने र सोको प्रयोगपछि व्यवस्थापनका लागि विसर्जनयोग्य शौचालय हुनुपर्ने उल्लेख छ । प्रत्येक स्थानीय तहमा कर्मचारी र बजेटसहित बालिका हेर्ने छुट्टै डेक्स र बालबालिकाको समस्या समाधानका लागि बाल हेल्पलाइनको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

विद्यालय तहको पाठ्यपुस्तकमा बालबालिका र किशोर–किशोरीसम्बन्धी ऐन, नियम, कानुनका साथै व्यवहारिक र नैतिक विषय समावेश गरी पठनपाठनको प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ । बालबालिकाका लागि पोषणभत्ता र विद्यालय खाजाको रकम थप्न माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा बालबालिकाको सशक्तीकरण र हिंसा न्यूनीकरणका लागि सबै स्थानीय तहमा आत्मसुरक्षा, नेतृत्व विकास र उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । ‘बालिका बीमा’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरिएको छ ।

मन्त्री गुरुङसँगको संवादमा पनि किशोरीले विभिन्न माग र गुनासा राखेका थिए । किशोरी अभियानकर्मी सवनम सुनारले यौजजन्य हिंसाका घटनाबाट किशोरी पीडित भइरहेको बताउनुभयो । “आफ्नै भन्नेहरूबाट पनि किशोरी पीडित छन्”, उहाँले भन्नुभयो, “यस्ता घटनाको रोकथाम र पीडितले न्याय पाउने वातावरण बन्नुपर्छ ।”

शशि कार्की क्षेत्रीले सबै किशोरीलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । उहाँले प्रत्येक विद्यालयमा नर्स राख्ने सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । मान्षु न्यौपानले बालबालिकाको खाजावापत सरकारले दिने गरेको रकम थप गर्न माग गर्नुभयो ।

राष्ट्रिय बालअधिकार परिषद् गण्डकीका प्रमुख बद्रीप्रसाद वाग्लेले किशोरीको सुरक्षा र पोषणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले किशारी र बालबालिकामैत्री नीति निर्माणमा जोड दिनुभयो । “सचेतना अभिवृद्धि भएको छ, केही सुधारात्मक कार्य पनि भएका छन्”, उहाँले भन्नुभयो, “स्रोत साधनको अभावले सोचे जसरी काम गर्न सकिएको छैन ।”

किशोरीको भौतिक सुरक्षादेखि सरसफाइ, पोषण, बालमैत्री शैक्षिक पूर्वाधारजस्ता क्षेत्रमा राज्यका निकायले लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । मन्त्री गुरुङले प्रदेश सरकारले ल्याएको बालबालिकासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध पक्षको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले किशोरीबाट उठेका मागका विषयलाई प्रदेश सरकारको नीति, कार्यक्रममा समावेश गर्न मन्त्रालयको तहबाट पहल लिने प्रतिबद्धता जनाउनुभयो ।

किशोरीको टोलीले यसअघि सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पनि भेटेर आफ्ना मागबारे ध्यानाकर्षण गराएका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोती नगरपालिकामा सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत मुख्यमन्त्री, मन्त्रीलगायतसँग ‘किशोरी संवाद’ कार्यक्रमको आयोजना गरिएको उक्त संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖