ढकमक्क फुलेको लालीगुराँस

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने गर्छन् । तस्बिर ः कमल खत्री÷रासस

चुहार पक्की पुलको काम नियमित
भोजपुर, २३ वैशाख (रासस) :
निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो । निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो ।

एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो । काम सुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमनसमेत गर्नुभएको छ । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाँडो सम्पन्न गराउन पहल गर्ने बताउनुभयो ।

कोशी प्रदेश सरकारको रु २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।

पुल २०७७ असोजमा शिलान्यास भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर छ ।
भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलो मिटर छ ।

पूर्व क्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा विकासमा टेवा पुग्ने देखिएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।