शहिदभूमी गाउँपालिकामा महायज्ञको आयोजना गरिने

धनकुटा,२६ बैशाख । धनकुटाको शहिदभूमी गाउँपालिकामा राधाकृष्ण मन्दिर निर्माण गर्नको लागि महायज्ञको आयोजना गरिने भएको छ ।

शहिदभूमि गाउँपालिका वडा नं १ घंगरुमा सहिद प्रकाश थापा स्मृति ट्रष्टको सहजिकरणमा २०८० साल मंसिरमा नवाह ज्ञान महायज्ञको आयोजना गरिने भएको हो । नवाह ज्ञान महायज्ञ श्री मानव सेवा फाउन्डेसन नेपालका विश्व विख्यात श्रीमाद्भागवत कथा प्रवचक वालयोगेश्वर श्री विजयमूर्ती महाराज प्रमुख प्रवचकको रुपमा रहनु हुने जनाईको छ ।

राधाकृष्ण मन्दिर बनाउन लगभग ७० लाख जत्ति लाग्ने र उक्त रकम महायज्ञबाट संकलन गरि खर्च गरिने सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापाले बताउनु भयो ।उक्त महायज्ञ सम्पन्न गर्नको लागि हालै सम्पन्न भेलाले गोपालराज थापाको संयोजकत्वमा १ सय ८ जनाको मुल आयोजक समिति समेत गठन गरिएको ट्रष्टका सचिव थापाले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖